• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

प्रेमीका लागि २ छोराछोरीकी आमाले गरिन् पतिको हत्या


  • धनकुटा खबर
  • .

भारतमा प्रेमीसँग बस्न आफ्नै पतिको हत्या गरिएका घटना एकपछि अर्को सावर्जनिक भइरहेका छन्।

हनिमुन गएका बेला मेघालयमा इन्दौरका राजा रघुवंशी आफ्नै पत्नी सोनमको षड्यन्त्रमा मारिएको घटना सेलाउन नपाउँदै पश्चिम बंगालको चण्डिताला जंगलपारा गाउँमा एक महिलाले श्रीमान्‌को हत्या गरेको घटना सार्वजनिक भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार पति रोबिन रुइदास हत्याको आरोपमा प्रहरीले अपर्णा रुइदासलाई पक्राउ गरेको हो।

४० दिनदेखि बेपत्ता रोबिन शव उनको ससुराली घरबाट करिब आधा किलोमिटर टाढा फेला परेको थियो। मुर्शिदाबाद जिल्लाको जंगीपारा प्रहरी चौकी क्षेत्रको राधानगर गाउँमा ट्युबवेलनजिकै गाडिएको अवस्थामा उनको शव भेटिएको थियो।

लामो सोधपुछपछि अपर्णा रुइदासले अपराध स्वीकार गरेको प्रहरीको दाबी छ। अपर्णासहित रोबिनको शव व्यवस्थापनमा सघाएको आरोपमा उनका बुबा जयदेव, भाइ अभिजित र भिनाजु प्रदीप पात्रालाई पनि पक्राउ गरिएको एक प्रहरीले अधिकारीले जानकारी दिएका छन्।

रोबिनकी भाउजू शिखा रुइदासको भनाइअनुसार अपर्णा अरू कसैसँग प्रेममा थिइन्। यस विषयमा पति रोबिनसँग उनको झगडा परिरहन्थ्यो। तर बच्चाहरूका कारण रोबिन अपर्णासँग सम्बन्ध विच्छेद गर्न चाहँदैनथे। उनी अपर्णालाई धेरै माया गर्थे। उनी सोच्थे- एक दिन सबै कुरा ठिक हुनेछ। लामो सोधपुछपछि अपर्णा रुईदासले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले बताएको छ। उनी र रोबिनको शव व्यवस्थापनमा सहयोग गर्ने सबैलाई पक्राउ गरिएको छ। प्रहरीले रोबिनको घाँटी थिचेर हत्या गरेको बाख्रा बाँध्न प्रयोग गरिएको डोरी पनि बरामद गरेको छ।

रोबिनकी भाउजू शिखा रुइदासले अपर्णाको अरु कसैसँग अफेयर रहेको बताइन्। उनी यस विषयमा रोबिनसँग झगडा गर्थे। उनी दुई छोराछोरीका खातिर अपर्णालाई सम्बन्ध विच्छेद गर्न चाहँदैनथे। उनी अपर्णालाई धेरै माया गर्थे। उनी सोच्थे कि एक दिन सबै ठीक हुनेछ। उनी अपर्णाको हरेक इच्छा पूरा गर्थे तर उनलाई खुसी पार्न सक्दैनथे।

यसै क्रममा अपर्णा माइत गइन्। रोबिन उनलाई लिन भनेर गत मे ११ तारिख ससुराली गए। रातिसम्म नफर्किएपछि चिन्ता परेको परिवारले सोचे- उनी ससुराली घरमै बसे होलान्।

तर रोबिन भोलिपल्ट रातिसम्म पनि फर्केनन्। त्यसपछि परिवारका सदस्यले उनलाई फोन गरे। तर फोन अफ थियो। अनि उनीहरूले अपर्णालाई फोन गरे र तर उनले रोबिन आफूकहाँ नआएको बताइन्। र, उनी कहाँ छन् भन्ने कुरा पनि आफूलाई थाहा नभएको दाबी गरिन्।

यसपछि रोबिनका दाइ बबलुले मे १३ तारिख अपर्णाविरुद्ध हत्याको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिए। यसपछि प्रहरीले अपर्णासहित उनका बुबा, भाइ र भिनाजुलाई पक्राउ गरेको हो। चारै जनालाई सेरामपुर उपविभागीय अदालतमा पेस गरी चार दिनको लागि प्रहरी हिरासतमा पठाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖