• Monday 5th of October 2026

एसियाली खेलकुदको करातेमा एरिका फाइनलमा, रजत पदक पक्का


  • धनकुटा खबर
  • .

हान्झाउ । चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको कराँतेमा एरिका गुरूङ फाइनलमा पुगेकी छिन् ।

६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८-४ ले हराउँदै उनी फाइनलमा पुगेकी हुन् । उनले क्वार्टरफाइनलमा जापानकी खेलाडीलाई हराएकी थिइन् ।

एरिकाले फाइनल पुगे लगत्तै रजत पदक पक्का गरेकी छिन् र अब स्वर्ण पदकका लागि काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग आज शनिबार नै खेल्ने छिन् ।

एरिकाले नेपालका लागि दोस्रो पदक पक्का गरेकी हुन् । यसअघि नेपालले कबड्डीमा कास्य पदक जितेको थियो ।-गोबिन्दराज नेपाल/अनलाइनखबर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖