• Monday 5th of October 2026

भारतीय टेनिस खेलाडी राधिका यादवको गोली हानी हत्या, पिता पक्राउ


  • धनकुटा खबर
  • .

भारतीय राज्य गुरुग्राम सहरमा बिहीबार गोली हानेर टेनिस खेलाडी राधिका यादवको हत्या गरिएको छ।

गोली हान्ने व्यक्ति उनकै बुवा भएको आरोप लागेको छ।

प्रहरीले भनेको छ, ‘राधिका टेनिस एकेडेमी चलाउँथिन्, जसका कारण उनका बुबा रिसाएका थिए।’

गुरुग्राम प्रहरी प्रवक्ता सन्दीप सिंहका अनुसार घटना गुरुग्रामको सेक्टर ५६ प्रहरी चौकी क्षेत्रमा भएको हो।

प्रहरी टोली अस्पताल पुगेर सोधपुछ गर्दा त्यो शव २५ वर्षीया राधिकाको भएको पत्ता लागेको थियो।

प्रहरी प्रवक्ता सिंहले भने, ‘जब प्रहरीले घरमा गएर सोधपुछ गर्‍यो, तब थाहा भयो कि ती केटी टेनिस खेलाडी थिइन्। उनलाई उनका बुबाले गोली हानेका थिए र प्रहरीले उनलाई पक्राउ गरेको छ। सोधपुछका क्रममा उनले अपराध स्वीकार गरेका छन्।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖