• Tuesday 6th of October 2026

बस दुर्घटना


  • धनकुटा खबर
  • .

रुपन्देही । दाङको तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस दुर्घटना भएको छ ।

कपुरकोट गाउँपालिका ३ मूलपानी नजिकै केही समयअघि भएको दुर्घटनाको के कति क्षति भएको हो भन्ने विवरण आएको छैन ।

अहिलेसम्म बसमा १६ जना घाइतेको उद्धार भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरी र स्थानीयले अहिले उदार गरिरहेका छन् ।

घटनास्थल रहेका पत्रकार विमल डाँगीका अनुसार घटनामा दुई महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइतेलाई अस्पताल पठाइएको छ । अन्यको उद्धार चलिरहेको डाँगीले बताए ।-पाल प्रेस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖