• Wednesday 28th of October 2026

मुख्यमन्त्री तामाङ नेतृत्वको सरकार ढाल्न चलखेल, बागमतीका चार मन्त्रीले बुझाए राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ साउन । बागमती प्रदेशका चार जना मन्त्रीहरुले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई राजीनामा बुझाएका छन् ।

सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा बुझाएका हुन् ।

चारै जना मन्त्रीले मुख्यमन्त्री तामाङलाई विद्युतीय माध्यमबाट राजीनामा पठाएका छन् । विविध कारणले जिम्मेवारी बहस गर्न सक्ने अवस्था नरहेको भन्दै उनीहरुले आजकै मितिबाट लागू हुनेगरी राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् । राजीनामा दिएका चारै जना मन्त्री नेपाली कांग्रेसका हुन् । बागमतीका मुख्यमन्त्री तामाङ पनि कांग्रेसकै नेता हुन् ।

बागमतीमा कांग्रेसभित्रै मुख्यमन्त्री परिवर्तनको खेल भइरहेको बताइएको छ । सोही योजनाअनुसार चार मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖