• Wednesday 28th of October 2026

अख्तियार प्रमुखविरुद्ध नै अख्तियारमा उजुरी दर्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ ।

युवराज पौडेल (सफल)ले आज उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न उजुरीमा आग्रह गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖