• Sunday 4th of October 2026

६ घण्टासम्म आफ्नै मुखबाट कृतिम श्वास दिएर शिशु बचाएकी स्वास्थ्यकर्मी जानकी पुजारालाई स्वास्थ्यमन्त्रीको टेलिफोनबाट धन्यवाद र प्रशंसा


  • धनकुटा खबर
  • .

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बैतडीको सिगास गाउँपालिका–४ स्थित कान्धार आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी जानकी पुजारासँग फोनमार्फत संवाद गर्दै उनको योगदानप्रति प्रशंसा व्यक्त गरेका छन्।

भौगोलिक कठिनाइका बाबजुद एक शिशुको जीवनरक्षा गर्न सफल जानकीलाई ‘देशलाई तपाईंजस्ता स्वास्थ्यकर्मीको खाँचो छ’ भन्दै मन्त्री पौडेलले बधाई दिएका हुन्।

उनले स्थानीय तहदेखि संघसम्म स्वास्थ्य सेवाको सुधार र विस्तारमा सरकार लागिपरेको उल्लेख गर्दै, कठिन परिस्थितिमा खटिने स्वास्थ्यकर्मीप्रति सम्मान प्रकट गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖