नेपाली टोली एशियन गेम्समा उत्कृष्ट खेल खेलेर घर फर्किएर अभ्यास खेलका लागि भारत प्रस्थान गरेर अभ्यास समेत आरम्भ गरिसकेको छ । नेपालको टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका क्रिकेटर सन्दी लामिछाने भने नेपालमै छन् । उनले बिश्वकप क्वालिफायर, एशियाकप र एशियन गेम्सको अभ्यासमा टोलीसँग सहभागिता जनाउने अवसर पाएनन् ।
क्रिकेटर लामिछानेलाई बलात्कारको आरोप लागेको छ । उनको पेशीको कारण उनी टीमसँग सहभागि हुने अवसर पाएका छैनन् । कुनै समयका मुख्य बलर रहेका लामिछानेको खेल निकै खस्केको छ । कमजोर टोली मानिएको माल्दिभ्स बिरुद्ध पनि लामिछानेको खेल कमजोर रह्यो । भारतविरुद्ध अर्का स्पिनर दिपेन्द्र ३ विकेट चट्काउँदा लामिछाने १ विकेटमा सीमित रहे र ३ ओभरमै महगां सावित भए । लामिछानेको लगातारको कमजोर बलिङ पछि उनले कोटाको पुरा ओभर बलिङ समेत पाएनन् ।
लामिछानेको लगातारको असफलताको कारण अभ्यास नपुग्नु पनि हो । उनको बलिङमा माल्दिभ्स र मंगोलियाकै खेलाडीले लामा सटहरु खेलिरहेको देखिन्छ तसर्थ ठूला टीमका लागि त लामिछानेलाई नै तार्गेट गरिरहेको देखिन्छ । जिम्बाबेमा पनि लामिछानेको खेल खासै सम्झनलायक रहेन् । एशियाकपमा नेपालको तर्फबाट सबैभन्दा खराब बलिङ गर्ने खेलाडीको पहिलो नम्बरमा लामिछानेको नाम नै रह्यो ।विकेट नलिने तर ठूलो स्कोर दिने लामिछानेको यो अबस्था अभ्यासको अपर्याप्तताले भएको हो भन्ने क्रिकेट जानकारहरु बताउँछन् ।
यसरी बिश्वकप छनोटको तयारीमा लामिछाने सामेल नहुनु नेपालका लागि नराम्रो नतिजा आउने सम्भावना बढ्नु हो । लामिछानेको खेल दिनप्रतिदिन ओरालो लाग्दै गएको देखिन्छ । यसरी लामिछानेले अभ्यास खेलमा भाग नलिए मन्टी देशाइले लामिछानेको विकल्प सोच्नुपर्ने अबस्था नआउँला भन्न सकिन्न ।
