काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही- ३ का लागि उम्मेदवार बनाइएका लेखजंग थापाका दुई वटा श्रीमती भएको विषयबारे महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय सदस्यलाई जानकारी दिएका छन् ।
केन्द्रीय कमिटीको ग्रुपमा महामन्त्री बुर्लाकोटीले थापाको एक जना श्रीमतीसँग छोड पत्र भएको ब्यहोरा जानकारी गराएका हुन् ।
‘महामन्त्री बुर्लाकोटीले छोड पत्र दिएको ब्यहोरा जानकारी दिनुभएको छ । सो ब्यहोरा आएपछि केही केन्द्रीय सदस्यले पत्र नै सार्वजनिक गर्न माग गर्नुभएको छ ।’ स्रोतले भन्यो, ‘अब त्यही सिस्टममा उहाँहरूले अपनाउनुहोला । ब्यहोरा आएको छ ।
तर पत्र आएको छैन । हामी पत्र पनि आउनुपर्छ भनिरहेका छौँ । अहिले केही नेताहरूसँग लेखजंग जी परामर्शमा हुनुहुन्छ रे ।’ पहिलो श्रीमतीसँग डिभोर्स भएको हो या दोस्रोसँग भएको त्यसबारे जानकारी भने गराइएको छैन ।
