• Monday 26th of October 2026

नख्खु जेलमै रहँदा पनि रवि लामिछाने र उनको दल शक्तिशाली बन्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ।गृहमन्त्रीसमेत भइसकेका रास्वपा अध्यक्ष रवि लामिछाने अहिले नख्खु जेलमा रहेका भए पनि, उनको लोकप्रियता र दलको प्रभाव भने झनै बढ्दै गएको देखिएको छ।

सर्वसाधारणमाझ लामिछानेप्रति अझै पनि उच्च समर्थन देखिँदै गएको छ। उनकाे सत्यनिष्ठा, सशक्त वक्तृत्व र पुराना दलविरुद्धको विकल्पीय राजनीति आज पनि जनताले विश्वास गर्ने कारण बनेको विश्लेषण गर्न सकिन्छ।रास्वपाका नेता–कार्यकर्ताहरू देशभर सक्रिय रहेका छन् भने पार्टीले आगामी निर्वाचनलाई लक्ष्य गरी संगठन विस्तारमा तिव्रता दिएको छ। जेलभित्र रहेका लामिछानेको संदेशलाई कार्यकर्ताले जनतामाझ पुर्‍याइरहेका छन्।

राजनीतिक विश्लेषकहरूले भन्छन्, “रवि लामिछाने जेलमा हुनु नै उनका समर्थकहरूका लागि सहानुभूतिमा परिणत भएको छ, जसले रास्वपालाई अझ मजबुत बनाइरहेको छ।”

यसरी, जेलको पर्खालभित्र सीमित भए पनि रवि लामिछानेको प्रभाव र रास्वपाको संगठनात्मक विस्तार निरन्तर बढ्दै गएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖