• Sunday 25th of October 2026

खानेपानी मन्त्री यादवलाई ‘धम्की दिने’ किरण साहको अर्को अडिओ सार्वजनिक


  • धनकुटा खबर
  • .

खानेपानी मन्त्री प्रदीप यादवलाई धम्की दिने किरण साहको अर्को अडिओ सार्वजनिक भएको छ।

वीरगञ्ज टिभी मार्फत सार्वजनिक अडिओमा उनी भोजपुरी भाषामा अडिओ सार्वजनिक गर्ने व्यक्तिसँग कुराकानी गरिरहेको जस्तो बुझिन्छ । तर त्यसमा अर्को व्यक्तिको आवाज राखिएको छैन।

अडिओमा किरणले सुरूमा ‘सन्देश सुनेर पोष्ट गर्न सक्ने भए गर्नु मलाई कुनै डर छैन’ भनेकी छन्।

फोन नउठाएका कारण रिस उठेकोले त्यसरी बोलेको बताउँदै पछि उनले ‘ज्यान से मारदेहम’ ( मारिदिन्छु) भनेको धम्की हो कुनै ‘दिक्कत’ हैरानी त हुँदैन नि भनेर पनि सोधेकी छन्।

‘पहिला राम्ररी सुन्नु, पोष्ट गर्ने उचित खालको छ भने हाल्नु, हैन भने भिडिओ मात्रै बनाएर हाल्नु, अडिओमा धम्की दिएको छु, त्यस्तो धम्की मन्त्रीलाई दिनु उचित हुँदैन,’ उनले अडिओमा भनेकी छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖