• Sunday 25th of October 2026

बहिस्कार अघि संसद्‌मा रास्वपाले भन्यो- सामाजिक सञ्जाल बन्द गर्ने तयारी जनहित विपरीत


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फेसबुक लगायत सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेको भन्दै सरकारको आलोचना गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर रास्वपाका अशोक कुमार चौधरीले नियमन गर्नुपर्नेमा सरकार धम्कीको भाषा प्रयोग गरेर सामाजिक सञ्जाल बन्द गर्न लाग्नु आपत्तिपूर्ण भएको बताएका हुन् ।

‘नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९० प्रतिशत पुगिसकेको छ । लाखौंको उद्यमशीलता सामाजिक सञ्जालसँग जोडिएको छ’, चौधरीले भने, ‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्ने कुरामा सहमति छ, तर नियमन गर्नुपर्नेमा हतारमा बन्द गर्न खोज्नु जनहित विपरीत छ ।’

सर्वोच्च अदालतको आदेश अनुसार सरकारले नेपालमा दर्ता हुन नआएका केही सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖