काठमाडौं । नेकपा एमालेका काठमाडौं जिल्ला दीपक निरौलाले भोलिबाट सुरु हुने पार्टीको विधान महाधिवेशनअघि पूर्व राष्ट्रपति विद्या भण्डारीसँग सचिवालयले सामूहिक छलफल गर्नुपर्ने बताएका छन् । पार्टी नेतृत्वको अहिलेको अवस्थाले मिसन ८४ सहज नभएको बताए।
उनले भनेका छन्, ‘भण्डारीको सदस्यता नवीकरण नगर्ने कुराले पार्टी विभाजन हुन्छ भन्ने हैन र हुँदैन तर मिसन ८४ सपना मात्र हुन्छ । अन्यथा नलागोस् प्रकृति सुल्टो गतिमा हिँडे तपाईँ पछिको पुस्तामा खुसी आउने छैन।’
उनले २०६४ सालमा पार्टी जीवनको प्रजातान्त्रीकरण सम्बन्धी प्रस्ताव केपी ओलीको संयोजकत्वमा गठित कार्यदलले दिएको सुझाव अध्ययन गर्न आग्रह गरेका छन्।
उनले थपे, ‘के आज त्यसको औचित्य सकियो रु एक पटक आज पुन अध्ययन गरौँ भन्दा मन दुख्न सक्छ मन दुखाएर भए पनि पढी दिनुस् र गरेका निर्णयहरू पुर्न विचार गर्नुस् भन्ने अनुरोध छ।
उनले विद्यालाई रोक्ने निर्णयमा असहमति जनाउँदै नेतृत्वसामु ५ प्रश्न उठाएका छन्।
१) गणतन्त्रको लागि विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने भनी रहँदा सोच्नुस् राजा फर्काउने आन्दोलनका नायक भनिने पात्रहरू एमालेको राजनैतिक नियुक्तिहरूमा थिए कि थिएनन् ?
२) समानुपातिक कोटामा एकनाथ एमालेबाट संसद्मा प्रतिनिधित्व गरे के उनी एमाले हुन् ? कति मत आयो एमालेलाई ?
३) मकवानपुरमा कमल थापा सूर्य चिन्हका प्रतिनिधि थिए हिजो र आज को भूमिका हेरौँ । गणतन्त्र केले सबल गराएको छ।
४) राजेन्द्र लिङदेन हामीले जिताएका अध्यक्ष भनिरहनु भएको छ अब भन्नुस् र सोच्नुस् कुन आन्दोलनलाई बलियो बनायो ।
५) काठमाडौंमा दुई क्षेत्रमा राप्रपासँग सहकार्य गर्ने प्रस्ताव मैले गरे तर अनुमति भएन । आज काठमाडौंलाई आलोचन गरेर तपाईँहरू उम्कन सक्नु हुन्छ ?
