काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति व्यङ्ग्य गरेका छन् ।
बिहीबार साँझ फेसबुकमा साम्पाङले सरकारले सामाजिक सञ्जाल बन्द गर्न नसक्ने टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जाल बन्द गर्ने भए सरकारले नै विकल्प दिनसक्नुपर्ने लेखेका छन् ।
“नेपाल सरकारले सामाजिक संजाल बन्द गर्न सक्दैन! कि त विकल्प दिनु परो जनतालाई ! Apps बनाउन सक्नु परो! फोन चलाउन त नजान्नेहरुले Apps बनाउलान भनेर कसरी भन्नु र फेरि!,” साम्पाङले फेसबुकमा लेखेका छन् ।-टेकपानाबाट
