• Tuesday 6th of October 2026

“मर्ने भएँ बुवा, बाँचेछु भने सम्पर्कमा आउँछु “भनेपछि इजरायल गएका छोरासँग सम्पर्क टुट्यो


  • धनकुटा खबर
  • .

काठमाडौ । इजरायल गएका छोरासँग सम्पर्क टुटेको एक दिन नाघिसके पछि छोराको फेसबुक प्रोफाइल हेरेर टोलाउँदै बसेका छन। दाङ दंगीशरण गाउँपालिका ३ हेकुली निवासी निमबहादुर डाँगी आफ्नो छोरा प्रविण डाँगी सँग सम्पर्क टुटेको एक दिन नाघिसकेको छ, तर पनि उनले छोराको अवस्था अहिलेसम्म पत्ता लगाउन सकेका छैनन्।

दूतावासमा फोन सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन नसकेको भनाइ बुवा निमबहादुरको छ। मर्ने भएँ बुवा, बाँचेछु भने सम्पर्कमा आउँछु भन्यो। त्यसपछि सम्पर्क भएको छैन’, उनले भने, ‘छोरा अनलाइनमा आउँछ कि, सम्पर्क हुन्छ कि भन्ने आशामा छौं।

गत भदौ २६ मा उनी इजरायल पुगेका प्रविण इजरायल गएको एक महिना पनि पुगेको छैन।छोरा बिएसिएजी पढेर इजरायल गयो। घटना भएको खबरले हामीलाई पीडा दियो। छोरासँगको सम्पर्क टुट्यो। उसले बनाएको एउटा भिडियो हामीले पायौं। त्यसपछि सम्पर्क छैन’, निमबहादुरले भने । निमबहादुरका तीन भाइ छोरा मध्य प्रविण कान्छो छोरा हुन्। प्रविण बसेको कृषि फर्म नजिक आक्रमण भएपछि उनीसँगको सम्पर्क टुटेको हो।

सुदूरपश्चिम विश्वविद्यालयबाट उत्पादित पहिलो कृषि विज्ञ सिलेक्टिभ टोलीमार्फत ११ महिनाको लागि इजरायल पुगेका थिए।सरकारले राजदूतावासमार्फत् सम्पर्क गरेर विद्यार्थीहरूको अवस्था चाँडै पत्ता लगाउन निमबहादुरको अनुरोध छ।हमासको आतंकवादी आक्रमणमा परेका १३ जना नेपालीमध्ये दुई जनाको अवस्था गम्भीर छ।

इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्रले बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖