काठमाडौँ । सरकारले निष्क्रिय गर्न निर्देशन दिएका सामाजिक सञ्जालमध्ये हाम्रो पात्रो बन्द नहुने भएको छ ।
बिहीबार सरकारको निर्णयसँगै हाम्रो पात्रो सूचीकरणका लागि आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।
उनका अनुसार यो साइट ह्वाइट लिस्टमा गइसकेको छ । त्यसैले यो तत्कालै बन्द हुँदैन । फेसबुकको संस्थापक कम्पनी मेटाले पनि अहिले सूचीकरणका लागि चासो देखाएको छ ।
प्रवक्ता ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित कर्मचारीले सञ्चारमन्त्रीका स्वकिय सचिवसँग सूचीकरणका लागि आवश्यक डकुमेन्टबारे जानकारी माग गरेको र आफूहरूले यसको रेस्पोन्स गरिसकेको बताए ।
यद्यपि यही आधारमा मेटाका साइटहरू ह्वाइट लिस्टमा भने नगएको उनको भनाइ छ ।
