• Sunday 25th of October 2026

राति १२ बजेदेखि देशभर सबै सोसल मिडिया पूर्ण रूपमा बन्द हुने


  • धनकुटा खबर
  • .

नेपाल सरकारले दर्ता नगरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयअनुसार आज राति १२ बजेदेखि देशभर सबै सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द हुने भएको छ। हाल आंशिक रूपमा फेसबुक चलिरहेको भए पनि म्यासेन्जर, फेसबुक र WhatsApp धेरै स्थानमा अवरुद्ध भइसकेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको जानकारीअनुसार तोकिएको समयसीमा सकिएपछि दर्ता प्रक्रिया पूरा नगरेका सबै प्लेटफर्महरू आज मध्यरातपछि सम्पूर्ण रूपमा अवरुद्ध गरिनेछ। यससँगै फेसबुक, एक्स (ट्विटर), युट्युबलगायत लोकप्रिय सामाजिक सञ्जालहरू प्रयोग गर्न सकिने छैन।

हाल आंशिक अवरोधका कारण प्रयोगकर्ताहरूले कठिनाइ भोगिरहेका छन् भने मध्यरातपछि सबै प्लेटफर्म बन्द भएपछि अनलाइन संचार, व्यवसाय र दैनिकीमा थप असर पर्ने देखिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖