प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेटासँग नेपाल सरकारको निर्देशन अनुसार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप दर्ताका लागि चालिएका कदम, दर्ता प्रक्रियामा देखिएका कानुनी चुनौतीलगायत बारे जिज्ञासा राख्दै इमेल पठाएको छ ।
सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र युट्युब दर्ताका लागि समन्वय गर्न पत्र पठाइएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
रास्वपाले सामाजिक सञ्जाल बन्दको निर्णयमा सच्याउन माग गर्दै आएको छ ।
