• Sunday 25th of October 2026

जेन जीको प्रदर्शनमा कुलमान घिसिङको ऐक्यवद्धता


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बेथिति र केही सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय विरुद्ध जेन जीले गर्न लागेको प्रदर्शनमा ऐक्यवद्धता जनाएका छन् ।

देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो नेपाल अभियान’ घोषणा गरेका घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत जेन जीले सोमबार निकाल्ने जुलुसमा ऐक्यवद्धता जनाएका हुन् ।

‘सरकारले कही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको बिरोधमा जेन जी पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानकोतर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछौं,’ घिसिङले उल्लेख गरेका छन्।

‘उज्यालो नेपाल’ वत्तिको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖