• Sunday 25th of October 2026

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट, पोस्टमा भन्दा कमेन्टमा धेरै लाइक!


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल प्रतिबन्धबारे सरकारको कदमलाई गलत ठहर गर्दै फेसबुकमा स्टाटस राखेपछि मेयर बालेन शाहले त्यही स्टाटसमा गरेको कमेन्टले झन् बढी ध्यान तानेको छ।

प्रचण्डले आफ्नो पोस्टमा सामाजिक सञ्जाल रोक लगाउनु जनतामाथि अन्याय भएको बताएका थिए। तर, बालेनले त्यसैमा कमेन्ट गर्दै, “एकादेशमा TikTok पनि ban भएको थियो। हजुर PM हुँदा पनि म मेयर नै थिए, काम हजुरबाट पनि केही भन्न Comrade 🙂 मेरो लागि एक दिन दिएको भए म KTM को खोला नाला फेरिदिन्थे 🙂” भन्दै व्यंग्य गरे।

यो कमेन्ट छोटो भए पनि सामाजिक सञ्जाल प्रयोगकर्ताबीच भाइरल भएको छ। प्रचण्डको पोस्टलाई 28 हजारभन्दा बढीले प्रतिक्रिया जनाउँदा, बालेनको कमेन्टलाई मात्रै 54 हजारभन्दा बढीले लाइक गरेका छन्।

यसले अहिले सामाजिक सञ्जालमा चर्चा तानेको छ, धेरै प्रयोगकर्ताले मजाकमा ‘पोस्टभन्दा शक्तिशाली कमेन्ट’ भन्दै प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖