काठमाडौ । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी अगुवा सुदन गुरुङ एमालेमा प्रवेश गर्ने संकेत दिएका छन्।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले सुदन गुरुङको हालको सुरक्षा चुनौती भएको उल्लेख गर्दै भने, “यदि सुदन गुरुङ एमालेमा प्रवेश गर्छन् भने त्यसमा अचम्म नमान्नु होला।”
बस्नेतले सुदनसँगै एमालेमा अन्य युवाहरू पनि आउने सम्भावना रहेको संकेत गरेका छन्।
उनका अनुसार, सुरक्षा र राजनीतिक परिवेशको समीक्षा गरेपछि सुदन गुरुङलाई पार्टीमा स्वागत गर्न तयारी भइरहेको छ।
