काठमाण्डाै – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ३ सय २३ रनकाे लक्ष्य दिएकाे छ ।
हैदराबादकाे राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन बनायाे । न्युजिल्यान्डका विल याेङले सर्वाधिक ७० रन बनाए । यस्तै कप्तान टम लाथमले ५३, रचिन रवीन्द्रले ५१ र ड्यारी मिचेलले ४८ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्त, पउल भान मीकेरेन र राेल्फ भान डेर मेरवेले २/२ विकेट लिए ।
न्युजिल्यान्ड १ खेलमा २ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ भने नेदरल्यान्ड्स उति नै खेलमा अङ्कविहीन हुँदै आठाैँ स्थानमा छ । न्युजिल्यान्डले पहिलाे खेलमा इङ्ग्ल्यान्डलाई हराउँदा नेदरल्यान्ड्स पाकिस्तानसँग पराजित भएकाे थियाे ।
