• Thursday 22nd of October 2026

सुदन र गगनबीचको त्यो ४ मिनेटको भेट


  • धनकुटा खबर
  • .

काठमाडौँ, असोज ३ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजना गरेको चियापान समारोहमा विभिन्न दलका नेता, पूर्व प्रधानमन्त्री, राजदूत र कूटनीतिज्ञहरू सहभागी भए।

सोही समारोहमा ‘हामी नेपाल’ संस्थाका सुदन गुरुङ पनि पुगेका थिए। हालैको जेन–जी आन्दोलनपछि चर्चामा आएका गुरुङले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग ४ मिनेटजति भेटवार्ता गरेका छन्।

गुरुङले थापासँग जेन–जी आन्दोलनले ल्याएका उपलब्धीको रक्षा गर्न सहयोग गर्न आग्रह गरेको बताए। थापाले पनि पार्टीभित्र जेन–जीको माग सम्बोधन गर्न र सोहीअनुसार अघि बढ्न काम गरिरहेको जवाफ दिएको गुरुङको भनाइ छ।

गुरुङले अन्य नेतासँग भने भेटघाट नगरेको स्पष्ट पारे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖