• Thursday 22nd of October 2026

महेश बस्नेतको दाबीको कडा प्रतिवाद, “सुदन गुरुङसँग कुनै वार्ता भएको छैन”


  • धनकुटा खबर
  • .

काठमाडौं — एमाले नेता महेश बस्नेतले दिएको अन्तर्वार्तामा “सुदन गुरुङ एमाले प्रवेश गर्न सक्ने” भन्ने दाबी गरेका छन्। तर, सो दाबीप्रति ‘हामी नेपाल’ संस्थाले कडा आपत्ति जनाएको छ।

हामी नेपालले सामाजिक सञ्जालमार्फत आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै बस्नेतलाई झूटो आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “सुदन गुरुङले कहिल्यै महेश बस्नेतसँग कुरा गरेका छैनन्। यस्ता वार्ता कहिल्यै भएका छैनन् र कहिल्यै हुने पनि छैन।”

प्रेस विज्ञप्तिमा अझ भनिएको छ, “हामी उहाँलाई चिन्दैनौं, हामी उहाँलाई मान्दैनौं।”

महेश बस्नेतको अभिव्यक्ति बाहिरिएलगत्तै सामाजिक सञ्जालमा #YouthsAgainstCorruption ह्यासट्यागसहित आलोचना चर्किएको छ। धेरै प्रयोगकर्ताले बस्नेतलाई “झूटो” भन्दै ट्रोल गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖