• Thursday 22nd of October 2026

हामीले राष्ट्रकै नाममा सुम्पेको सम्पत्ति जलाएर आखिर कसलाई के फाइदा भयो?” :राधिका


  • धनकुटा खबर
  • .

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य हालै जलेर खण्डहर बनेको बालकोटस्थित आफ्नो घर पुगेकी छन्। जलेर खण्डहर बनेको घर देखेपछि उनी भावविह्वल भइन् र आँसु रोक्न सकेकी छैनन्।

एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमा जानकारी दिँदै लेखेका छन्, “बालकोट आमाकोको पीडा, राधिका शाक्य आफ्नो जलेर खण्डहर बनेको घर पुगेपछि रोक्न नसक्ने आँसुमा भक्कानिनुभयो।”

बस्नेतले उद्धृत गर्दै थप लेखेका छन्, “‘यो त केवल घर जलाएको मात्र होइन, इतिहासको धरोहर नै नष्ट गरिएको हो। हामीले राष्ट्रकै नाममा सुम्पेको सम्पत्ति जलाएर आखिर कसलाई के फाइदा भयो?’ राधिकाले यसो भनीन्।”

राधिकाले घरभन्दा ठूलो धरोहर जलेको भन्दै यसले राष्ट्रलाई कुनै लाभ नदिएको र उल्टै पीडाको ठूलो छाल मात्र छाडेको पनि उल्लेख गरिन्।

बालकोटस्थित ओली निवास जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गर्दा जलेको थियो। यस घटनाले राजनीतिक र सामाजिक रूपमा ठूलो ध्यान तानेको छ, र पीडित परिवारलाई भावनात्मक रुपमा गहिरो चोट पुर्‍याएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖