• Tuesday 6th of October 2026

बच्चा जाेगाउन’ चालकले गाडी खाडलमा हाले, लुम्बिनीका अर्थमन्त्रीसहित ४ जना सामान्य घाइते


  • धनकुटा खबर
  • .

दाङ – लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेकाे गाडी दुर्घटनामा परेकाे छ । आज साेमवार दिउँसाे दाङको तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरको घुम्तीमा मन्त्री मास्की चढेकाे लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालयतर्फ जाँदै गरेको गाडी दुर्घटनामा पर्दा अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पीएसओ मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर सामान्य घाइते हुनुभएको छ । अर्थमन्त्रीसहित चार जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको तथा सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

बच्चा जोगाउनका लागि चालकले गाडी खाडलमा हाल्नुपरेको मन्त्रीका स्वकीय सचिव पौडेलले जानकारी दिनुभयाे । विद्यालय छुट्टी भएपछि दौडिएर घरतर्फ जान थालेका एक जना बालकलाई जोगाउनका लागि चालकले गाडी झाडी भएकाे खाल्डोमा हालेका पौडेलले बताउनुभयाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖