• Monday 5th of October 2026

आसिफ र जोराको अर्धशतकमा नेपालको बलियो योगफल


  • धनकुटा खबर
  • .

काठमाडौं । यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाअन्तर्गत सोमबार भइरहेको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई बलियो लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाउँदै १७४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले । आसिफले ४७ बलमा अविजित ६८ रन बनाए । जोराले ३९ बलमा ६३ रन बनाए ।

नेपाल ४३-३ को अवस्थामा हुँदादेखि आसिफ र जोरा मिलेर चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए ।

वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । काइल मेयर्सले २ ओभरमा २६ रन दिएर २ विकेट लिए । जेदिया ब्लेड्सले एक विकेट हात पारे ।

यसअघि पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको थियो । यस खेल जितेमा नेपालले एक खेल अगावै शृंखला पनि जित्नेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖