• Wednesday 7th of October 2026

९ दिनपछि सुरु हुन्छ यी ३ राशिका सुखद् दिन, सूर्य गोचरले पार्नेछ सकारात्मक प्रभाव


  • धनकुटा खबर
  • .

सुर्यदेवले हरेक महिना आफ्नो राशि परिवर्तन गर्छ। यदि कुण्डलीमा सूर्यको स्थिति शुभ छ भने जातकले आफ्नो जीवनकालमा खुब यश र प्रतिष्ठा आर्जन गर्छन्। सरकारी जागिरमा पनि दिनरात प्रगति गर्छन्। ज्योतिषीय गणना अनुसार सूर्यले कार्तिक १ गते कन्या राशिबाट तुला राशिमा प्रवेश गर्नेछ।

यस राशिमा सुर्यदेव कार्तिक ३० गतेसम्म रहनेछ। सूर्यको राशि परिवर्तनले केही राशि भएका व्यक्तिहरूको जीवनमा परिवर्तन ल्याउनेछ। यस अवधिमा ३ राशिका मानिसहरुको जीवनमा सकारात्मक परिवर्तन आउनेछ । आउनुहोस् जानौं सूर्यको राशि परिवर्तनले कुन राशिलाई बढी लाभ मिल्नेछ।

कर्कट राशि : – सुर्यदेव कार्तिक १ गते तुला राशिमा प्रवेश गरेसँगै कर्कट राशिक जातकका जीवनमा सबैभन्दा बढी शुभ प्रभाव देखिनेछ। यस्तो अवस्थामा यस राशिका व्यक्तिहरूले काम र व्यापारमा ठूलो आर्थिक प्रगति गर्नेछन्। यसका साथै सूर्यको यो गोचर स्वास्थ्यको दृष्टिले पनि शुभ साबित हुनेछ।यस अवधिमा भाग्यको पूर्ण साथ मिल्नेछ। बुवा वा श्रीमानबाट आर्थिक लाभ मिल्नेछ । कार्यस्थलमा अधिकारीबाट सहयोग मिल्नेछ ।

मेष राशि: तुला राशिमा सूर्यको गोचर मेष राशिका लागि शुभ मानिन्छ। यस अवधिमा मेष राशिका व्यक्तिहरूलाई सूर्य भगवानको विशेष आशीर्वाद प्राप्त हुनेछ। सूर्य गोचरको सम्पूर्ण अवधिमा व्यवसायमा प्रशस्त नाफा मिल्नेछ। यस बाहेक काममा पदोन्नतिको लाभ पनि पाउन सक्नुहुन्छ। परिवारको आर्थिक अवस्था राम्रो रहनेछ। बुवाबाट आर्थिक लाभ मिल्नेछ । दाम्पत्य जीवनमा पार्टनरसँग चलिरहेको असन्तुष्टि हट्नेछ।

वृश्चिक राशि : – तुला राशिमा सूर्यको गोचर वृश्चिक राशिका लागि शुभ रहेको छ । यसका साथसाथै नोकरी तथा व्यवसायमा विशेष प्रगति हुने देखिन्छ । यात्राको अवसर मिल्नेछ जसमा आर्थिक लाभको सम्भावना छ। सरकारी जागिरको तयारीमा रहेकाले कार्तिक १ गतेपछि खुसीको खबर पाउनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖