• Monday 5th of October 2026

गायिका नीतु पौडेलको आत्मदाह घटनामा दुरुत्साहनको अभियोगमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरीलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश


  • धनकुटा खबर
  • .

गायिका नीतु पौडेलको आत्मदाह घटनामा दुरुत्साहनको अभियोगमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरीलाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार गिरीले नीतुको आत्महत्यामा आफू जिम्मेवार रहेको स्वीकारोक्ति बयान दिएका थिए।

उनले प्रेम सम्बन्धमै उत्पन्न समस्या सामना गर्न नसकेर नीतुले आत्मदाह गरेको उल्लेख गर्दै आफ्ना कतिपय गल्तीबारे अदालतमा पश्चाताप व्यक्त गरेका थिए। प्रतिवादीले गल्ती स्वीकार गरेको अवस्थालाई अदालतले ध्यानमा लिएर पुर्पक्षका लागि धरौटीमा रिहा गर्न आदेश दिएको बताइएको छ।

कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा नीतुले पेट्रोल छर्की आगो लगाएकी थिइन्। गम्भीर जलेपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो जहाँ कात्तिक ७ गते उपचारका क्रममा उनको मृत्यु भयो। पौडेलको निधनपछि बाबुल गिरी स्वयं प्रहरी परिसरमा उपस्थित भएका थिए।

अब यो प्रकरण अदालतमा पुर्पक्षको चरणमा जानेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖