• Wednesday 7th of October 2026

हमासको आक्रमणमा परी घाइते २ जना नेपाली विद्यार्थी डिस्चार्ज


  • धनकुटा खबर
  • .

काठमाडौँ । हमासको आक्रमणमा परी घाइते भएका २ जना नेपाली विद्यार्थी डिस्चार्ज भएका छन् । आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना उपचारपछि डिस्चार्ज भएको सरकारले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उपचाररत चार जनामध्ये २ जना उपचारपछि डिस्चार्ज भएको बताइन् । अब २ जनाको मात्रै उपचार भइरहेको उनको भनाइ छ ।

घाइतेहरूको उपचारका लागि समेत नेपाल सरकार र इजरायल सरकार गम्भीर भएर लागिरहेको उनको भनाई छ । शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी ४ जना नेपाली विद्यार्थी घाइते भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖