काठमाडौँ । एनपीएल अन्तर्गत मंगलबारको खेलमा जनकपुर बोल्ट्सका खेलाडी हातमा कालोपट्टि बाँधेर मैदानमा उत्रिएका छन् ।
श्रीलङ्का , इन्डोनेसिया , मलेसिया र थाइल्यान्डमा गएको बाढीमा ज्यान गुमाएकोहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनकपुर बोल्ट्सका खेलाडी हातमा कालो पट्टि बाधेर मैदानमा उत्रिएका हुन् ।
जनकपुर बोल्ट्सले त्रिवि क्रिकेट मैदानमा आज चितवनसँग प्रतिस्पर्धा गरिरहेको छ ।
