८ महिनाअघि मात्र कुवेत पुगेकी थिइन् हर्कपुरकी बालकुमारी परियार । नियमित परिवारको सम्पर्कमा थिइन् ।
तर एक्कासी उनी आफ्नै कोठामा मृ,त अवस्थामा फेला परेको जानकारी आयो ।
श्रीमान्ले अघिल्लो दिनमात्र फोनमा कुरा गर्दा आफू सबै ठीक भएको तर काम गर्ने घरको साहुनी र उनको छोरीसँग झगडा भएको बताएकी थिइन् ।
श्रीमतिले फोनमा झगडा भएको सुनाएको भोलीपल्टै ला,श भेटिनुमा गम्भीर रहस्य भएको बताएका छन् ।
