काठमाडौ । सशस्त्रका डिएसपीको सीमावर्ती क्षेत्रमा पेट्रोलियम गरेर कार्यालयमा फर्किना साथ मृत्यु भएको छ ।
इलाम पशुपतिनगर गुल्मका डिएसपी प्रकाश कोइराला बुधबार बिहान पेट्रोलिङ गरेर कार्यालय फर्किएपछि एक्कासी ढलेका थिए ।
त्यसपछि उपचारका लागि हेलिकोप्टरबाट राजधानीको बलम्बुस्थित सशस्त्र अस्पतालमा ल्याइए पनि साँझ ६ बजेतिर मृत घोषित गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।
कोइराला एक साताअघि भएको डिएसपी सरुवाबाट उक्त गुल्मको गुल्मपतिको जिम्मेवारी सम्हाल्न पुगेका थिए ।
