• Thursday 8th of October 2026

काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । ३३ जना घाइतेको उपचार जारी छ ।

बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको पनि उपचारको मृत्यु गएराति साढे १२ बजे मृत्यु भएपछि जम्मा मृतकको संख्या ५ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖