• Thursday 8th of October 2026

रोजगारीका लागि भारत बस्दै आएका एकै गाउँका ९ जना रहेनन्, ग्यास सिलिन्डर विस्फोट हुँदा गयो ज्यान !


  • धनकुटा खबर
  • .

भारतको हिमालचल प्रदेशमा ग्यास सिलिन्डर वि#स्फो#ट हुँदा सल्यानस्थित एकै गाउँका ९ जना नेपालीको ज्यान गएको छ।

हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिन्डर वि#स्फो#ट हुँदा सल्यानस्थित सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको ज्यान गएको हो।

ज्यान गुमाउने मध्ये एक परिवारका ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, अर्की छोरी १० वर्षीया रेणुका विक र छोरा २२ महिनाका राजन विक छन्।

त्यस्तै अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी ११ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको पनि ज्यान गएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖