सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट रकम लु#टिएको घटनाले यति बेला सिङ्गो देश तरंगित छ।
मंगलबार राति करिब आठ बजेर ४० मिनेट जाँदा घ्याङलेख गाउँपालिका २ बस्तिपुरमा रहेको एसबीआई बैंकबाट तीन करोड १० लाख ९५ हजार २८३ रपैयाँ लु#टिएको थियो।
रकम लु#ट्न प्रयोग भएको सवारी पहिल्यै नियन्त्रणमा लिइएपछि लु#टेराहरुलाई नियन्त्रणमा लिन भने समय लाग्यो।
बताइए अनुसार लु#टेराहरु जंगल पसेका थिए। तर भोग लागेपछि चाउचाउ किन्न पसल गएका बेला स्थानीयले उनीहरुलाई समाते।
