म्याग्दीको मालिका गाउँपालिकामा १२ वर्षीया बालिकालाई ज#बरजस्ती क#रणी गरेको अभियोगमा एक व्यक्ति प#क्रा#उ परेका छन्। मालिका गाउँपालिका–२ साले बस्ने ५० वर्षीय फरम बिकलाई प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको हो।
ती बालिकालाई ज#बरजस्ती क#रणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय दर्बाङबाट खटिएको टोलीले बिकलाई उनकै घरबाट प#क्राउ गरेको हो। प#क्राउ परेका बिकमाथि म्याग्दी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी थप कानुनी प्रक्रिया अगाडि बढाइने र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।
