• Thursday 8th of October 2026

नेपालमा बेवारिसे कुकुरको बिजोग देखेर पग्लियो आमाछोरीको मन, १४ लाख खर्च गरेर लगे अमेरिका


  • धनकुटा खबर
  • .

भरतपुरको एउटा होटल परिसरमा सुरक्षा गार्डले पिट्दै लखेटेको एउटा बेवारिसे कुकुरको भाग्य रातारात फेरिएको छ।

त्यहाँ बसिरहेका अमेरिकी नागरिक चन्दा रेनेग्रेगर र उनकी छोरी म्याडिसनले कुकुरमाथि भएको त्यो निर्दयी व्यवहार देखेपछि भावुक हुँदै त्यसलाई संरक्षण गर्ने निर्णय गरे।

मायाको कुनै सीमा हुँदैन भन्ने कुरालाई चरितार्थ गर्दै उनीहरूले करिब १० हजार अमेरिकी डलर (१४ लाख नेपाली रुपैयाँ भन्दा बढी) खर्च गरेर सबै कानुनी प्रक्रिया र स्वास्थ्य परीक्षण पूरा गरी उक्त कुकुरलाई अमेरिका पुर्‍याएका छन्।

हाल त्यो कुकुर अमेरिकाको कोलोराडोमा एउटा सुरक्षित र सुखी जीवन बिताइरहेको छ। घृणाले लखेटिएको एउटा सडक कुकुरले सात समुद्र पारि पाएको यो नयाँ जीवनले प्राणीप्रतिको निस्वार्थ प्रेमको एउटा सुन्दर उदाहरण पेस गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖