• Thursday 8th of October 2026

महिला मृत फेला, अनैतिक सम्बन्धमा रहेका प्रहरी पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । डडेल्धुरामा महिला मृत भेटिएको घटनामा एक जना प्रहरी पक्राउ परेका छन् ।

जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने भागेश्वर गाउँपालिकाकी सरिता गिरी मृत भेटिएको घटनामा प्रहरीका चालक यज्ञ साउदलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।साउद जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए । मृत्युअघि गिरीले सामाजिक सञ्जालमा ती प्रहरीसँगकाे सम्बन्ध खुल्नेगरि कुराहरू उल्लेख गरेकी छन्।

साेही आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकका श्रीमान् लामाे समयदेखि वैदेशिक रोजगारीमा रहेको खुलेकाे छ । मृतक महिला र पक्राउ परेका साउदबीच अनैतिक सम्बन्ध रहेकाे प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖