• Wednesday 7th of October 2026

यी स्थानमा वर्षा र हिमपातको सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पुर्वी तथा मध्य तराई भू-भागका थोरै स्थानहरूमा बिहानिपख हुस्सु रहनेछ।

महाशाखाका अनुसार आज राति देशका उच्च पहाडी तथा हिमाली भू-भागमा थोरै स्थानहरूमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ। साथै, गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा समेत हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖