• Wednesday 7th of October 2026

काठमाडौँमा दुई जना मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१७ धोबीचौरस्थित पब्लिक युथ क्याम्पस नजिकै सडक पेटीमा बिहीबार एक जना मृतवस्थामा फेला परेका छन् ।

हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष मृतावस्थामा फेलापरेका प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौँ कीर्तिपुर नगरपालिका–६ चोभारस्थित बागमती खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष पनि आज मृतावस्थामा फेलापरेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता काफ्लेले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖