बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियामा बुधबार बिहान भएको घटनामा दुई जनाको ज्यान जाँदा दुई जना घाइते भए। ज्यान गुमाउनेमा २८ वर्षीय रामेश्वर मण्डल र उनकी ४६ वर्षीया आमा सुमित्रा देवी मण्डल छन्।
सो घटनामा बाबु जगरुप मण्डल र छोरी रिना कुमारी मण्डल घाइते भएका छन्। दुवैको अहिले उपचार चलिरहेको छ।
उपचारका क्रममा रहेकी रिनाले दाजु र भाउजुको झगडाले परिवार नै सकिएको बताएकी छन्। उनी भन्छिन्,”दाइ–भाउजूको झगडाले सबै सिध्दियो”
सो घटनामा प्रहरीले बुहारी मनिता देवी मण्डल र उनका प्रेमी धर्मेन्द्र महतोलाई नियन्त्रणमा लिएको छ।
