• Wednesday 7th of October 2026

श्रीमतीलाई मारेर श्रीमान् प्रहरीकहाँ आफैँ पुगेपछि…


  • धनकुटा खबर
  • .

ललितपुर । मादक पदार्थ सेवन गरी पत्नीको हत्यापछि पति प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका छन् ।

ललितपुरको गोदावरी नगरपालिका- ७, देवीचौरमा घटना भएको हो । त्यहाँ बसोबास गर्ने ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया पत्नी कोपिला पाख्रिनको हत्या गरेका हुन् ।

प्रहरी वृत्त, चापागाउँकी डीएसपी शीला चापागाईंका अनुसार अनुसार पतिपत्नीले सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । त्यसक्रममा दुईजनाका बीच विवाद भयो । विवादकै क्रममा पतिले पत्नीमाथि विभिन्न किसिमका धारिलो हतियार प्रहार गरेका हुन् । पत्नीको हत्यापछि विनोद आफैँ टीकाभैरवस्थित प्रहरी प्रभागमा उपस्थित भएका थिए ।

उनीहरूको २ वर्षकी छोरी छन् । प्रहरीका अनुसार अत्यधिक मादक पदार्थ सेवन गरेकै कारण घरमा सम्बन्ध बिग्रिएपछि पतिपत्नी डेरा गरेर बस्थे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖