• Wednesday 7th of October 2026

खेत जोतिरहेका किसानको गोली हानी हत्या


  • धनकुटा खबर
  • .

सिरहा । सिरहामा एक जनाको गोली हानी हत्या भएको छ। सिरहा नगरपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय प्रमेनाथ यादवको अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेको बताइएको छ।

स्थानीयका अनुसार यादव वडा नम्बर–७ स्थित मैनाबत्ती खोला किनारमा आफ्नै खेत ट्र्याक्टरले जोतिरहेका बेला अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका हुन्। घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक जानकारी छ।

वडा अध्यक्ष महेश कुमार यादवले खेत जोत्न गएका यादवमाथि गोली प्रहार गरी हत्या गरिएको खबर आफूले पनि पाएको जानकारी दिए। उनले भने, “मैले पनि उहाँमाथि कसैले गोली हानेर हत्या गरेको भन्ने सुनेको छु। यस विषयमा थप बुझ्दै छु। म अहिले घरबाहिर रहेकाले आफैं अस्पताल पुग्दै छु।”

यस विषयमा प्रहरीसँग सम्पर्क गर्ने प्रयास भए पनि फोन सम्पर्क हुन नसकेको जनाइएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖