प्रहरी सहायक हवल्दार सुशीला श्रेष्ठ करिब डेढ वर्ष अघि ड्युटीकै अवस्थामा एउटा ‘जँड्या*हा’ले चलाएको गाडीको ठक्क*रबाट ग*म्भीर घा*इते भइन् ।
टाउको, हात र खुट्टामा गहिरो चोट बोकेकी सुशीला करिब एक महिना अस्पतालको बसाईपछि ज्या*न त बच्यो, तर जिन्दगीभर नमेटिने टाउको, हात र खुट्टाको घा*उका साथै १० लाख ऋणको भारबाट मुक्त अझै पाएकी छैनन् ।
उपचारमा १३ लाख खर्च भएपनि उनलाई ठ*क्कर दिने चालक ९ महिना थु*नामा बसेर मु*क्त भइसकेका छन् तर सुशीलाको जीवनमा भने अहिलेसम्म शारिरीक साथै मानसिक पी*डामा छिन् ।
संगठनले ड्युटीमै रहँदा आफ्नो कर्मचारीले भोगेको पी*डामा मल्हम लगाउनुपर्ने हो तर सुशीला डेढ वर्षसम्म पनि त्यसकै प्रतिक्षामा छिन् । संगठनले सकेसम्म दु*र्घटना गराउनेबाट क्षतिपू*र्ति दिलाउनुपर्ने र यदि नभएमा प्रहरी कल्याणकारी कोषबाट भए पनि एउटा तल्लो तहको कर्मचारीको पी*डा हटाउनुपर्ने हो । तल्लो तहको एउटा प्रहरी कर्मचारीका लागि ड्युटीमै रहँदा भएको घटनापछिको यस पी*डा ज्यादै अभिसाप नै बन्न पुगेको छ ।
