• Wednesday 7th of October 2026

खरबारीमा मृत अवस्थामा फेला परेकी महिलाको खुल्यो पहिचान


  • धनकुटा खबर
  • .

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरस्थित कालिमाटी खरबारीमा मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ ।

मृतक बुक्तिचौर निवासी अनिल घर्ती मगरकी १९ वर्षीया श्रीमती सर्मिला घर्ती मगर रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि मृतकका श्रीमान र देवरलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖