• Wednesday 7th of October 2026

शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना, केहीको अवस्था गम्भीर


  • धनकुटा खबर
  • .

बुटवल । रुपन्देहीको ओमसतिया–४ बसन्तपुरमा शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

परासीतर्फबाट विद्यार्थी लिएर फर्किंदै गरेको लु १ ख ८६७५ नम्बरको बस आज बिहान टोल गेट नजिक ट्याक्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना करिब साढे पाँच बजेतिर भएको र घाइतेहरुलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖