प्युठान । प्यूठानको गौमुखी गाउँपालिका–६ लिबाङकी १९ वर्षीया शर्मिला घर्तीको ह त्या आरोपमा प्रहरीले उनका श्रीमान् र देवरलाई प’क्राउ गरेको छ।
ह त्या अभियोगमा २० वर्षीय श्रीमान् अनिल घर्ती र १८ वर्षीय देवर जनक घर्तीलाई नियन्त्रणमा लिएर अनु’सन्धान सुरु गरिएको प्यूठान प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। प्रहरीका अनुसार दुई वर्षअघि प्रेम विवाह गरेका अनिल र शर्मिलाबीच पछिल्लो समय शर्मिलाको परपुरुषसँग सम्बन्ध रहेको आशंकाका कारण घरमा पटक–पटक मन’मुटाव र झ’गडा हुने गरेको थियो।
माघ १६ गते बेलुका करिब ८ बजे अनिल र जनकले शर्मिलालाई घुम्न जाने बहानामा घरबाट करिब ६ सय मिटर टाढा गोन्द्रेचौर लगेका थिए। त्यहाँ श्रीमान् श्रीमतीबीच पुनः विवा’द भएपछि अनिलले आवेशमा आएर शर्मिलाको टाउको फला’मको रेलिङमा ठो’क्काएको प्रहरीको प्रारम्भिक अनुस’न्धानमा खुलेको छ।
टाउको ठो’क्किएपछि बे’होस भएकी शर्मिलालाई दुवै दाजुभाइले भीरबाट तल खसा’लेर ह त्या गरेको प्रारम्भिक निष्कर्ष छ। एक पटक खसा’ल्दा करिब ३० मिटर तल अड्कि’एपछि पुनः खसा’ल्दा उनी करिब १०० मिटर तल पुगेकी थिइन्। भीरबाट ख’साल्दा श’व र शर्मिलाको स्विटर बाँझो रूखमा अड्किएको थियो। त्यसपछि अनिल आफैं तल ओर्लिएर पुनः शर्मिलालाई भीरबाट तल धके’लेको प्रहरीले जनाएको छ।
करिब १०० मिटर तल ख’सेपछि शर्मिलाको मृ’त्यु भएको सुनिश्चित गरी उनीहरूले श’व घ’टनास्थलमै छाडेर घर फर्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। माघ १७ गते दिउँसो करिब २ बजे कालिमाटी जंगलमा श’व फेला परेपछि जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको टोलीले अनु’सन्धान सुरु गरेको थियो। घट’नास्थलबाट मृ’तकको चप्पल ब’रामद गरिएको प्रहरीले जनाएको छ।
पक्रा’उ परेका अनिल र जनकलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान मु’द्दामा थप अनु’सन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
