• Thursday 26th of November 2026

फेरि बढ्यो सुनको मूल्य,कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य बढेको छ।

केही दिनयता घटिरहेको सुनको मूल्य मंगलबार माघ २० गते प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ। सोमबार माघ १९ गते सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३५ रुपैयाँले बढेर ५ हजार ३३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖