जापानमा एक नेपाली चेलीको सतर्कताका कारण एक वृद्ध ठ#गिनबाट जोगिएका छन्। जापानको आइची प्रान्तमा नेपालकी बिपना लामाले एक वृद्धलाई २ लाख येन ठ#गिनबाट जोगाएकी हुन्।
उनी गोया सहरको एक सेभेन-इलेभेन स्टोरमा कार्यरत छिन्। एक वृद्ध जापानी २ लाख येनको प्रिपेड कार्ड किन्न आएपछि उनले स्क्या#मको भेउ पाएर स्टोर म्यानेजरलाई खबर गरिन्। लगत्तै म्यानेजरले प्रहरीलाई खबर गरे।
प्रहरीले ती वृद्धसँग कुराकानी गर्दा स्क्या#मरहरुले उनलाई २ लाखको प्रिपेड कार्ड किन्न लगाएको थाहा हुन आयो। बिपनाको सतर्कताका कारण ती वृद्ध ठ#गिन बाट जोगिए। यो कार्यका लागि स्थानीय प्रहरीले बिपनालाई स्थानीय प्रहरीले सम्मान गर्यो।
